stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

साङ्ग्रिला मोटर्सले ‘नयाँ वर्ष एक्सचेन्ज कर्निभल २०२५’ आयोजना गर्दै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साङ्ग्रिला मोटर्स प्रालिले नयाँ वर्षको विशेष अवसर पारेर ‘नयाँ वर्ष एक्सचेन्ज कार्निभल २०२५’ को घोषणा गरेको छ । कार्निभललाई नयाँ वर्ष जस्तै नविनतम एवम् अविस्मरणीय उत्सवको रुपमा सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

पुष १२ र १३ गते गैरीधाराको सिल्भर ओकमा आयोजना हुन लागेको दुई–दिने यस कार्यक्रममा नयाँ वर्षको सुरुवातसँगै अटोमोटिभ दुनियाँका उत्कृष्ट अनुभवहरू अन्वेषण गर्ने अवसर प्राप्त हुने जनाइएको छ ।

कार्निभलमा तीन उल्लेखनीय अटोमोटिभ ब्रान्ड–लिप मोटर, सिट्रोन, र प्युजो प्रदर्शन गरिने कम्पनी भनाई छ । यी ब्रान्डहरूले अत्याधुनिक प्रविधि, विविध शैली र प्रदर्शनलाई एउटै छानामुनि प्रस्तुत गर्दैछन् ।

कार्यक्रममा सहभागीहरूले आकर्षक अफरहरूको फाइदा लिन सक्नेछन भने आफ्नो पुरानो गाडीको लागि उत्कृष्ट मूल्याङ्कन र सहज फाइनान्सिङ सुविधाको उपयोग गरी आफ्नो सपनाको गाडी खरिद गर्न सक्नेछन् ।

सहभागीहरूलाई नयाँ मोडेलहरूको टेस्ट ड्राइभ गर्ने अवसर पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।

कार्यक्रममा सहभागी भएर लिप मोटर, सिट्रोन र प्युजो गाडीको लक्जरियस, प्रफर्मेन्स र आधुनिक प्रविधिको विशेषताहरू प्रत्यक्ष अनुभव गर्न पाइनेछ ।

prabhu mahalaxmi
kumari bank
kumari