stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल हाइड्रो डेभलोपरको आजसम्म शेयरधनी बने लाभांश पाइने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज (पुस ७) अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ भोलि (पुस ८ गते) एक दिन बुक क्लोज गर्दै छ ।

अतः आजसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउन तथा साधारण सभामा सहभागिता जनाउन पाउने छन् । कम्पनीले वार्षिक साधारण सभा समेत आह्वान गरेको छ ।

साधारण सभामा हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

साथै बोनस शेयर निष्कासन प्रयोजनका लागि कम्पनीको जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने तथा सोहीअनुरुप प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने एजेन्डा रहेको छ ।

साथै, साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित वासलात, नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह लगायतका वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने चालू आर्थिक वर्षका  लागि  लेखापरीक्षकका  नियुक्ति  गरी  निजको पारिश्रमिक निर्धारण गर्नेछ । साधारण सभा, पुस २५ गते लिसारा रिसेप्सन्स नक्साल काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

prabhu mahalaxmi
kumari