citizens life insurance long ad
stcnepal long ad

नेशनल लाइफको ‘चियरम्यान क्लव सदस्य सम्मान’ कार्यक्रम भव्य रुपमा सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘चियरम्यान क्लव सदस्य सम्मान’ कार्यक्रम भव्य रुपमा सुरुवात भएको छ । देशभरीका सयौँ अभिकर्ताहरुको सहभागीमा काठमाडौंको सोल्टी होटलमा उक्त कार्यक्रम सञ्चालन भैरहेको छ ।

कार्यक्रममा अभिकर्ताहरुलाई चियनम्यान क्लवको सदस्यता वितरण गर्नुका साथै उनीहरुलाई सम्मान गरिने भएको छ । कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले उक्त क्लवमा छनौट भएका अभिकर्ताहरुलाई सदस्यता वितरण गर्नेछिन् ।

कार्यक्रममा कम्पनी सञ्चालक समिति अध्यक्ष अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंह, कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री, नायव प्रमुख कार्यकारी अधिकृत स्मृतिराज कडेल, उच्च व्यवस्थापकीय कर्मचारी तथा देशभरीबाट चियरम्यान क्लवमा समावेश भएका सयौं अभिकर्ताहरुको उपस्थिती रहेको छ ।

कम्पनीले आफ्ना अभिकर्ताहरुलाई सोल्टी होटलमा खान, बस्न कार्यक्रम सहित नाचगाँनको समेत व्यवस्था गरेको छ । उक्त कार्यक्रममा समावेश हुनका लागि देशका विभिन्न स्थानबाट बीमा व्यवसाय गरिरहेका अभिकर्ताहरु काठमाडौँ आएका छन् ।

कम्पनीले ल्याएको उक्त योजनामा गत आर्थिक वर्षको अवधिमा सेल्फ कोडमा ३० लाख रुपैयाँ प्रिमियम र टीम कोडमा ५० लाख (सेल्फ कोडमा ५ लाख र टीम कोडमा ४५ लाख रुपैयाँ) बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका अभिकर्ताहरु समावेश भएका हुन् ।

IME Life
kumari