citizens life insurance long ad
stcnepal long ad

मितेरी डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब ११ करोड १४ लाख २६ हजार ५७३.३६ रुपैयाँको कुल १०.००८३ प्रतिशतले हुन आउने ११ करोड १२ लाख ३५ हजार १८५।९४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ९.५०७९ प्रतिशतले हुन आउने १० करोड ५६ लाख ७३ हजार ४२६.६४ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५००४ प्रतिशतले हुन आउने ५५ लाख ६१ हजार ७५९.३० रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १९ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।

IME Life
kumari