citizens life insurance long ad
stcnepal long ad

काठमाडौंका विभिन्न स्थानहरूमा शनिबार विद्युत अवरूद्ध हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरूमा शनिबार पाँचदेखि साढे ६ देखि ७ घण्टासम्म विद्युत अवरूद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरणको केन्द्रको न्यूरोड फिडर, महाबौद्ध फिडर र कालीमाटी फिडर अन्तर्गतका विभिन्न स्थानहरूमा बिहानदेखि अपराह्नसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ।

न्युरोड फिडर अन्तर्गत पर्ने संकटा, न्युरोड गेट, पिपल बोट, गोरखा पत्र संस्थान, भूगोल पार्क, दमकल गेट, वसन्तपुर डवली, झोछे, ओमबहाल, हनुमानढोका लगायतका क्षेत्रमा बिहान साढे आठ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरुद्ध हुनेछ।

त्यस्तै महाबौध्द फिडर अन्तर्गत पर्ने महाबौध्द सव स्टेशन भित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सव स्टेशन भित्र, विशाल बजार अगाडि, गणेश स्थान ट्रमा हस्पिटल पछाडी केबुल हेडसम्म बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ।

कालीमाटी फिडर अन्तर्गत पर्ने टेकु नेशनल ट्रेडिङ्ग हुदैं हनुमन्त भिमसेन स्थान, परोपकार, रामघाट, शान्ति निकेतन स्कुल, मरुहिटी, ढोकाटोल, नरदेवी हस्पिटल अगाडि, टंगाल, भुरुङ्गखेल क्षेत्रमा पनि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत प्राधिकरणले जनाएको छ।

ती क्षेत्रहरूमा बांगो पोल सिधा गर्ने र जीर्ण भएका पोल तथा ट्रान्सफर्मर बदली गर्नका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ। तोकिएको काम निर्धारित समयअघि सम्पन्न भए अगाडि नै विद्युत सेवा सुरु हुने प्राधिकरणले जनाएको छ।

 

IME Life
kumari