stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

युनाइटेड इदी मर्दीको लाभांश घोषणा

१०० प्रतिशत हकप्रद पनि ल्याउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको मंसिर ६ गते बसेको बैठकले आफ्ना शेयरधनीहरुलाई उक्त आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ४.२११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा ४ प्रतिशतले १ करोड ७७ लाख २४ हजार रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२११ प्रतिशतले ९ लाख ३२ हजार ४८२ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश आगामी १५ औँ वार्षिक साधारण सभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

सञ्चालक समितिले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय पनि गरेको छ।

यसका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति लिई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने कम्पनीले जनाएको छ।

prabhu mahalaxmi
kumari