stcnepal long ad
ime life insurance
global ime bank long

आइएमई लाइफ इन्स्योरेन्सको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ११ दशमलव २२ प्रतिशत वृद्धि भएको छ।

गत आर्थिक वर्षमा कम्पनीले १३ करोड ३ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर १४ करोड ५० लाख रुपैयाँ पुगेको छ। चालू आर्थिक वर्षमा कम्पनीको आम्दानी बढेसँगै नाफामा यसको सकारात्मक प्रभाव देखिएको हो।

गत आर्थिक वर्षमा कम्पनीको कुल आम्दानी १ अर्ब ३६ करोड रहेकोमा चालू आवमा बढेर १ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी छ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषमा ७ अर्ब ५ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर १० अर्ब ७ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आवको यसै समयमा कम्पनीको जीवन बीमा कोष ४२ दशमलव ७२ प्रतिशतले वृद्धि भएको हो।

त्यस्तै गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले १ अर्ब १० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा चालू आर्थिक वर्षमा उक्त रकम १ अर्ब २१ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ छ। कम्पनीले पहिलो त्रैमाससम्म रिटेन्ड अर्निङमा १ अर्ब २३ करोड ३१ लाख रुपैयाँ, महाविपत्ति कोषमा १९ करोड ४१ लाख रुपैयाँ र शेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित गरेको छ।

नाफा वृद्धि भए तापनि कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) भने १ रुपैयाँ ४४ पैसाले घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४ पैसा रहेकोमा चालू आर्थिक  वर्षमा  घटेर ११ रुपैयाँ ६० पैसामा झरेको छ।  कम्पनीको  प्रतिशेयर  नेटवर्थ  १५०  रुपैयाँ ६६ पैसा छ।

 

prabhu mahalaxmi
kumari