citizens life insurance long ad
stcnepal long ad

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अञ्जु श्रेष्ठ नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो प्रमुख कार्यकारी अधिकृतको रूपमा अञ्जु श्रेष्ठलाई  नियुक्त गरेको छ । उहाँ नेपालको जेनेरल बीमा कम्पनीहरूको इतिहासमा दोस्रो महिला सीईओ बन्न सफल हुनुभएको छ ।

यसअघि उपासना पौडेल बीमा कम्पनीहरुको इतिहासमा पहिलो महिला सिईओ बन्नु भएको थियो। हाल पौडेल हिमालयन रिइन्स्योरेन्सको सिईओ हुनुहुन्छ।

उहाँले आधिकारिक रूपमा आजदेखि सीईओको भूमिकामा कामको थालनी गर्ने कम्पनीले बताएको छ । नव नियुक्त सिईओ श्रेष्ठको बीमा क्षेत्रमा २९ वर्षको अनुभव रहेको छ । फागुन १६, २०५२ मा सहायक अधिकृतको रूपमा बीमा क्षेत्रमा उहाँको यात्रा सुरु भएको थियो ।

उहाँको समर्पण, अथक परिश्रम र उत्कृष्टताको प्रतिबद्धताले उहाँलाई विभिन्न पदमा अघि बढाउँदै अन्ततः कम्पनीको सीईओको पदसम्म पु¥याउन सफल भएको छ ।

सिईओको रूपमा, उहाँले आफ्नो अनुभव र नयाँ योजनाको साथ हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्न कम्पनीले जनाएको छ ।

नियुक्तिको अवसरमा नव नियुक्त सीईओ अञ्जु श्रेष्ठले आफ्नो विचार राख्दै भन्नुभयो, “हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्ने मौका पाउँदा मैले निकै सम्मानित महसुस गरेको छु ।

मेरो भूमिका भनेको नयाँ प्रविधि तथा दिगो वृद्धिलाई प्रोत्साहन गर्दै ग्राहक–केन्द्रित समाधानहरू प्रदान गर्ने हुनेछ । मेरो लक्ष्य भनेको कम्पनीका सबै सदस्यमा जिम्मेवारी बोधको भावना सिर्जना गर्ने तथा कम्पनीको समग्र वृद्धिको वातावरण बनाउने हो ।”

इन्स्योरेन्स कम्पनीका अध्यक्ष महेन्द्र के. श्रेष्ठले पनि आफ्नो विचार राख्दै भन्नुभयो, “हामी विश्वस्त छौँ कि अञ्जु श्रेष्ठले बीमा क्षेत्रको, अवसरहरू र चुनौतीहरू राम्रोसँग बुझ्नुभएको छ र हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई उहाँले अझ उचाइमा लैजान सक्षम हुनुहुनेछ ।”

IME Life
kumari