citizens life insurance long ad
stcnepal long ad

एभरेष्ट बैंकको शाखा, ७५३ पालिकामै पुग्यो बैंकको पहुँच

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बझाङको साइपाल गाउँपालिकाका जनतालाई अब बैंकिङ कारोबार गर्न सदरमुकाम चैनपुर जानपर्ने अवस्थाको अन्त्य भएको छ ।

साइपाल गाउँपालिकाको धलौनमा बुधबार एभरेष्ट बैंक लिमिटेडको शाखा बिस्तार भएसँगै चैनपुर धाउने अवस्थाको अन्त्य भएको हो ।

साइपाल गाउँपालिकामा पहिलो पटक राष्ट्रिय स्तरको बैंकको शाखा बिस्तार भएको हो। यसभन्दा पहिला साइपालका स्थानीय तीन दिन हिँडेर चैनपुर गरी बैंकिङ कारोबार गर्दै आएका थिए ।

गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बैंकको शाखा खुलेसँगै अब स्थानीयले कारोबारका लागि सदरमुकाम धाउन नपर्ने बताइन् । साथै उनले बैंक स्थापनाका लागि विभिन्न निकाय धाएको पनि बताइन् ।

गाउँपालिकामा बैंकिङ कारोबार नहुँदा साइपाल गाउँपालिकाले सात वर्षदेखि जिल्ला सदरमुकाम चैनपुरको एक घर भाडामा लिएर चलिरहेको छ ।

२०७४ सालमा राष्ट्र बैंकले साइपाल गाउँपालिकामा बैंकिङ सेवा दिने जिम्मा एभरेष्ट बैंकलाई दिएको भए पनि बैंकले सडक, सञ्चार, सुरक्षालगायतका पूर्वाधार उपलब्ध नभएको भन्दै शाखा खोल्न मानेको थिएन।

गाउँपालिकाले बैंकका लागि सहज वातावरण तयार पारिदिने भनेपछि शाखा खुलेको हो । गत वर्षको चैतमा राष्ट्र बैंकको टोलीले बैंक स्थापनाको लागि अवस्था अध्ययन गरेको थियो  ।

IME Life
kumari