stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

सिटी वालेटद्वारा चाडपर्वको अवसरमा आकर्षक क्यासब्याक घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सिटी वालेटले दसैँ, तिहार र छठपर्वको अवसरमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ । नेपालको सबैभन्दा कान्छो वालेट कम्पनीको रूपमा स्थापित सिटी वालेटले ग्राहकले आफै रेमिट भुक्तानी गर्ने प्रक्रियालाई प्रोत्साहन गर्न उक्त क्यासब्याक घोषणा गरेको हो ।

रु ५००० भन्दा बढी रकमको रेमिटान्स सिटीपे वालेट मार्फत प्राप्त गर्दा CITYPAY प्रोमो कोड प्रयोग गरी रु २०० रुपैयाँ रकम बराबरको बोनस ब्यालेन्स तथा हरेक दिन रेमिटेन्स भुक्तानीमा पहिलो १८ जना ग्राहकहरूलाई रु ५०० बराबरको बोनस गरी कुल ७०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

विदेशस्थित सिटी एक्सप्रेसका पार्टनर रेमिट कम्पनीबाट सिधै वालेट लोड कारोबार गर्ने वालेटले समेत उक्त क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

साथै दसैँ तिहारलाई लक्षित गरी आन्तरिक उडान बुकिङमा समेत आकर्षक क्यासब्याक गरिने कम्पनीले जनाएको छ । आन्तरिक उडान बुकिङमा ग्राहकहरूले सिटीपे एपमार्फत उडान बुक गर्दा FLIGHT200 प्रोमोकोड प्रयोग गरी रु ३०० भन्दा बढीको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

‘यी आकर्षक अफरहरू चाडबाडको समयमा हाम्रो ग्राहकहरूलाई विशेष सेवा र मूल्य प्रदान गर्नको लागि हाम्रो प्रतिबद्धताको उदाहरण हो ।

दसैँ, तिहार र छठको समयमा हाम्रो ग्राहकहरूलाई यी क्यासब्याक अवसरहरू प्रदान गर्न पाउँदा हामी खुसी छौँ ।

हाम्रो लक्ष्य भनेको हाम्रा ग्राहकहरूलाई यो चाडको अवसरमा बढी खुशी र सुविधासहित मनाउने सहयोग  गर्नु हो’, सिटी वालेट प्राइभेट लिमिटेडका प्रमुख व्यावसायिक अधिकृत प्रकाश चालिसेले भने ।

prabhu mahalaxmi
kumari