stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

सरकारले विकास ऋणपत्र बोलकबोल मार्फत आज थप १० अर्ब आन्तरिक ऋण उठाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले विकास ऋणपत्र बोलकबोल मार्फत आज थप १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ६ वर्षे अवधिको ’विकास ऋणपत्र २०८७’ को बोलकबोल मार्फत १० अर्ब आन्तरिक ऋण उठाउनका लागेको हो ।

विकास ऋणपत्र २०८७ को असोज ९ गते बुधबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म बोलकबोल हुनेछ भने असोज १० गते बिहीबार निष्कासन हुने जनाइएको छ ।

यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन्।

यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । विसं २०८७ असोज ९ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिकरुपमा भुक्तानी हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्नेछ ।

विकास ऋणपत्रको प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने कार्यालयले जनाएको छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरको सीमालाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ ।

न्यूनतम ५ लाख र बढीमा कुल निष्कासित रकमको सीमा नबढाइ ५ लाखले भाग लिँदा निशेष भाग जाने अंकमा खरिद गर्न पाइनेछ । यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जबाट हुनेछ ।

१ खर्ब रुपैयाँ आन्तरिक ऋण संकलन

वित्तीय प्रणालीमा अधिक तरलता र ब्याजदर कम भएको मौका पारेर सरकारले आन्तरिक ऋण उठाउने क्रमलाई तीव्रता दिएको छ ।

यसै क्रममा सरकारले चालु आर्थिक वर्ष सुरु भएयता हालसम्म १ खर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ । सरकारले ट्रेजरी बिल्स र विकास ऋणपत्र बिक्री गरेर सो परिमाणको आन्तरिक ऋण उठाएको हो ।

यस अवधिमा सरकारले ट्रेजरी बिल्स मार्फत ३० अर्ब तथा विकास ऋणपत्र मार्फत ७० अर्ब आन्तरिक ऋण उठाएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष सरकारले बजेट मार्फत ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा १ खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक उठाउने सरकारको तालिका छ।

अब सरकारले आज बोलकबोल हुने विकास ऋणपत्रबाट १० अर्ब तथा ट्रेजरी बिल्स बिक्री मार्फत थप ५ अर्ब असोज महिनाभित्रै आन्तरिक उठाउने छ ।

बैंकहरुमा अधिक तरलताको अवस्था रहँदा सरकारले सस्तो ब्याजदरमा आन्तरिक ऋण उठाइरहेको छ । यसबाट सरकारलाई भने केही राहत हुने देखिन्छ ।

बैंकमा तरलता (लगानी योग्य पुँजी) थुप्रिएपछि सरकारी ऋणपत्रको ब्याजदरमा समेत गिरावट आएको छ । अल्पकालीन निक्षेप तथा ट्रेजरी बिल्सको ब्याजदर समेत घटिरहेको समयमा ऋणपत्रको ब्याजदर घटेपछि सरकारलाई भने राहत भएको छ ।

prabhu mahalaxmi
kumari