stcnepal long ad
ime life insurance
national life
global ime bank long

साल्ट ट्रेडिङ कर्पोरेसनले असोज ७ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले असोज ७ गते सोमबारबाट दशैं,तिहार र छठपर्व लक्षित चार्डपर्व सुपथ मूल्य पसल सञ्चालन सुरु गरेको छ ।

कर्पोरेसनले उपत्यकामा ११ स्थान र तीन मोबाइल भ्यानसहित १४ स्थानमा सुपथ मूल्य पसल सुरु गरेको छ ।

यस्ता सुपथ मूल्य पसलहरूमा कर्पोरेसनले चिनीमा प्रति केजी पाँच रुपियाँ, नुनमा प्रति केजी दुई रुपियाँ, खानेतेल, चामल, चिउरा र पिठोलगायतका खाद्यान्नमा प्रति केजी सात रुपियाँका दरले छुट सविधा दिएको कर्पोरेसनले जनाएको छ ।

कर्पोरेसन स्रोतका अनुसार कर्पोरेसनले उपत्यकाको केन्द्रीय कार्यालय कालीमाटी, सतुङ्गल, बालाजु, गौशाला, कपन, कौशलटार, कोटेश्वर, जाउलाखेल, स्वयम्भुका बिक्री केन्द्रबाट ती वस्तु तथा सामानमा छुट सुविधा उपलब्ध गराएको छ ।

त्यसबाहेक माग आएका ठाउँमा तीन वटा मोबाइल भ्यानमार्फत पनि ती खाद्य वस्तु उपलब्ध गराउन थालेको कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीले जानकारी दिएका छन।

उनका अनुसार कर्पोरेसनका उपत्यका बाहिर रहेका २२ जिल्लाका बिक्री केन्द्र र विभिन्न पालिकाबाट आएका मागका आधारमा पनि सेवा दिने गरी तयारी गरिएको छ ।

कर्पोरेसनका अनुसार सुपथ मूल्य पसलबाट प्रति व्यक्तिले ६ केजीसम्म नुन, दुई केजी चिनी र त्यही परिणाममा खाने तेल, चामल, दाल र चिउरा उपलब्ध गराएको छ ।

चिनी प्रति दुई केजी २०५ रुपियाँ र नुन प्रति केजी २४ रुपियाँमा बिक्री गरिएको कर्पोरेसनले जनाएको छ । कर्पोरेसनले सञ्चालन गर्ने सुपथ मूल्य पसलका लागि सरकारले एक करोड अनुदान रकम छुट्याएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि गत असोज ३ गते संविधान दिवसको अवसरमा पारेर सुपथ मूल्य पसल सुरु गर्दै आएको छ ।

सो कम्पनीले दाल, चामल, गेडागुडी, कर्णालीका रैथाने उत्पादनसहित ५० हजार क्विन्टल खाद्यवस्तु बिक्री गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

कम्पनीले विभिन्न प्रकारका चामल र दालमा प्रति केजी पाँच रुपियाँ छुटको व्यवस्था गरेको छ । यस्तै खाने तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाटीमा प्रति केजी सात रुपियाँ तथा कर्णालीको विभिन्न गेडागुडी, फापर दाना, चिनो, कागुनोलगायतमा पनि प्रति केजी सात रुपियाँ छुटको व्यवस्था गरेको जनाएको छ ।

कम्पनीले काठमाडौँ उपत्यका चार स्थान थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायक सहित ४२ जिल्लाका ६३ स्थानमा बिक्री कक्षहरू मार्फत खाद्यान्न बिक्री–वितरण गरेको जनाएको छ ।

IME Lifesidebar
kumari