stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल डिजिटल पेमेण्ट्स ‘मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४’ अवार्डले सम्मानित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाण्डौ। नेपाल डिजिटल पेमेण्ट्स (एनडिपिसि) ‘मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४’ अवार्डले सम्मानित भएको छ।

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रूपमा प्रवर्धित नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडलाई अनलाइन समाचार एग्रीगेटर, ‘ग्लोबल फाइनान्सियल मार्केट रिभ्य’ ले ‘मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४’ को अवार्डले सम्मानित गरेको हो।

ग्लोबल फाइनान्सियल मार्केट रिभ्यू वित्तीय उद्योगमा केन्द्रित अनलाइन समाचार पोर्टल हो। पारदर्शिता, कर्पोरेट सुशासन, दिगोपन, नवप्रवर्तन, फिनटेक र ग्राहक सेवाप्रति एनडिपिसिद्वारा संचालित डिजिटल भुक्तानी सेवा प्रदायक, नमस्ते पे को प्रतिबद्धता र निरन्तर प्रयासको आधारमा यो अवार्ड एनडिपिसिलाई प्रदान गरिएको हो।

नमस्ते पे लाई नेपालको फिनटेक परिदृश्यमा एक रचनात्मक वालेट सेवा प्रदायक बनाउन नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडको निरन्तर प्रयास र नमस्ते पे ले आफ्नो स्थापनाको दिनदेखि नै नवप्रवर्तनात्मक विधुतीय भुक्तानीका समाधानहरू ल्याउने प्रयास गर्दै आएको कम्पनीले जनाएको हो।

नमस्ते पे ले युएसयसडी च्यानल मार्फत ५०० डायल गरेर उपभोक्ताहरूलाई बिना इन्टरनेट पनि वालेट सेवा अफलाइनमा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको छ, जसले डिजिटल वित्तमा उपभोक्ताहरूलाई सहज पहुँच प्रदान गरेको छ।

साथै”Request Money” र “Split Bill” जस्ता सुविधाहरू उपलब्ध गराएर उपभोक्ताहरूलाई प्रदान गर्ने सुविधाहरूमा नवीनताको पहलकर्ता समेत बनेको कम्पनीले जनाएको छ।

prabhu mahalaxmi
kumari