stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ।

इन्स्योरेन्स कम्पनीले आज एक सूचना प्रकाशित गरी कम्पनीको निर्जीवन बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुका लागि यही भदौ १६ गतेदेखि १९ गतेसम्म निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्न लागिएको हो।

तालिममा सहभागी इच्छुक योग्यता पुगेका व्यक्तिहरुले भदौ १४ गतेभित्र कम्पनीको ई–मेल ठेगाना admin@igiprudential.com मा निवेदन पेस गर्न सक्ने सूचनामा उल्लेख छ।

अभिकर्ता इजाजतपत्रका लागि निवेदन साथ पेस गर्नुपर्ने कागजात

नेपाली नागरिकताको प्रतिलिपि (नोटरीसहित)
शैक्षिक योग्यताको प्रमाणपत्र (न्यूनतम एसएलसी उत्तीर्ण) (नोटरीसहित)
हालसालै खिचिएको पासपोर्ट साइजको फोटो (३ प्रति)
स्थायी लेखा नम्बर (प्यान कार्ड)को प्रतिलिपि।
तालिम शुल्क रु. १ हजार ।
थप जानकारी

निवेदन कम्पनीको वेबसाइट www.igiprudential.com बाट प्राप्त गर्न सकिनेछ।
तालिम तालिम अनलाइनमार्फत सञ्चालन गरिनेछ।
तालिम बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म चल्नेछ।
अभिकर्ताको परीक्षा तालिमको अन्तिम दिन भदौ १९ गते सञ्चालन गरिनेछ ।

निवेदनमा सहभागीको सम्पर्क नम्बर र ई–मेल ठेगाना स्पष्ट रुपमा उल्लेख भएको हुनुपर्नेछ।
अनलाइन तालिमको जुम आईडी, पासवर्ड र तालिम तालिका ई–मेलमार्फत जानकारी गराइनेछ ।
तालिम शुल्क यस कम्पनीको नाममा रहेको सानिमा बैंकको खाता नम्बर ००१०१००१०००१२६२ मा जम्मा गरी सोको भौचर वा रसिद पेस गर्नुपर्नेछ ।

तालिम सम्बन्धमा आवश्यक जानकारीका लागि कार्यालय समयमा कम्पनीको प्रशासन विभागमा सम्पर्क गर्न सकिनेछ ।

prabhu mahalaxmi
kumari