stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दोस्रो चरणको परीक्षामा आठ हजार ९६५ परीक्षार्थी उत्तीर्ण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दोस्रो चरणको परीक्षामा आठ हजार ९६५ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

सन् २०२४ मा इपिएस मार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानका लागि दोस्रो चरणको परीक्षामा ६६ हजार ३२६ जना सहभागी भएकोमा आठ हजार ९६५ जना उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले जानकारी गराएको हो ।

सो शाखाका अनुसार गत वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म ७९ हजार ९३७ जनाका लागि लिइएको दोस्रो चरणको भाषा परीक्षामा ६६ हजार ३२६ जना सहभागी

भएका थिए । दोस्रो चरणको भाषा परीक्षामा सहभागी परीक्षार्थीको नतिजा दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले सोमबार राति सार्वजनिक गरेको छ ।

सो शाखाका अनुसार यसअघि पहिलो चरणमा लिएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका थिए ।

पहिलो चरणमा परीक्षामा ४० हजार ५८० जना सहभागी भएकोमा भाषा परीक्षामा छ हजार ३२१ जना उत्तीर्ण भएका थिए । पहिलो चरणमा कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये ७४१ जना सिप परीक्षामा अनुत्तीर्ण भएका थिए ।

यो सङ्ख्या तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार चार सयमध्येको हो । दोस्रो चरणको भाषा परीक्षा उत्तीर्ण गरेका आठ हजार ९६५ जना सिप परीक्षा हुन बाँकी रहेको छ ।

एचआरडी कोरियाले कोरिया जान रोस्टरमा रहेका युवाको सङ्ख्या कम हुन थालेपछि परीक्षा सकिएलगत्तै नतिजा सार्वजनिक गरेको इपिएस शाखाले जनाएको छ ।

सो शाखाका दोस्रो चरणमा भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीको सिप परीक्षणको सूचना केही दिनमै सार्वजनिक गरिने छ ।

कोरियामा नेपाली युवाको माग बढ्न थालेपछि इपिएस अन्तर्गत १६ देशमध्ये नेपालबाट धेरै श्रमिक लैजाने योजना अनुसार परीक्षा सकिएलगत्तै नतिजा प्रकाशित गरिएको हो ।

परीक्षाका लागि आवेदन दिने नेपालीको सङ्ख्या धेरै भएपछि तीन चरणमा परीक्षा भइरहेको छ । तीन चरणकै परीक्षा सम्पन्न गर्न १० महिना अर्थात् २०८१ पुससम्म लाग्ने सो शाखाकी निर्देशक मैयाँ कँडेलले जानकारी दिनुुभयो ।

उहाँले भाषा परीक्षाका लागि एक लाख ४३ हजार ८१२ जनाले आवेदन दिएकोमा १६ हजार चार सय छनोट गरेर पठाउने योजना रहेको बताउनुभयो । हाल उत्तीर्ण भएका युवालाई जुन महिनामा हुने रोजगारदाता छनोटका लागि तयार हुन भनिएको छ ।

दक्षिण कोरियाले इपिएस अन्तर्गत सन् २०२४ का लागि नेपाललाई तोकेको कोटा थप गरेका कारण यो वर्ष हालसम्मकै धेरै नेपालीले कोरियाको रोजगारी पाउने सम्भावना छ ।

२०२३ मा इपिएस अन्तर्गत १९ हजार ६९८ नेपाली कोरिया प्रवेश गरेकोमा २०२४ को हालसम्म दुई हजार ७९२ जना गइसकेका छन् ।

अन्य देशको तुलनामा नेपाली काम अवैधानिक बस्ने र मेहनती भएको बताउँदै कोरियाले यो वर्षका लागि निर्धारण गरेको १५ हजार कोटामा १३.२ प्रतिशत थप गरेर १६ हजार चार सय बनाएको छ ।

यसबाहेक दक्षिण कोरियाले सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र सिप बिल्डिङ क्षेत्रबाट मात्र श्रमिक लगिरहेकोमा विगतका वर्षभन्दा सन् २०२४ मा अझ बढी सङ्ख्यामा नेपाली श्रमिक कोरिया लैजाने बेहोराको पत्र कोरिया सरकारबाट आएको छ ।

कोरियाले यो वर्ष नेपालबाट २२ हजारभन्दा बढी युवा लैजाने आश्वासन दिएको छ । कोरियाले थप गर्ने क्षेत्रमा नेपालबाट छिटोछरितो श्रमिक लैजान हाल रोस्टरमा रहेकाको क्षेत्र परिवर्तन गरेर लैजाने योजना बनाएको शाखाले जनाएको छ ।

prabhu mahalaxmi
kumari