citizens life insurance long ad
stcnepal long ad

अध्यक्ष पदका लागि चलचित्र विकास बोर्डले आवेदन माग्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चलचित्र विकास बोर्डले रिक्त अध्यक्ष पदमा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।बोर्डले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आजको मिति साउन १६ ले १५ दिनभित्र आवेदन मागेको हो ।

०७९ साल साउन ११ गते चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका भुवन केसीको कार्यकाल यही साउन ८ गते सकिएपछि बोर्ड अध्यक्षविहीन छ ।

अध्यक्ष पदका लागि ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ भने न्यूनतम योग्यता कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

साथै, नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर १० वर्ष काम गरेको वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन निरन्तर १० वर्ष काम गरेको हुनुपर्नेछ ।

 

IME Life
kumari