citizens life insurance long ad
stcnepal long ad

लघुवित्त वित्तीय संस्थाका ऋणी ग्राहकलाई थप सहुलियत प्रदान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लघुवित्त वित्तीय संस्थाका ऋणी ग्राहकलाई थप सहुलियत प्रदान गरिएको छ। नेपाल राष्ट्र बैंकले आज लघुवित्त वित्तीय संस्थाहरुको नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै ऋणी ग्राहकलाई थप सहुलियत प्रदान गरेको हो।

अब लघुवित्त संस्थाले कर्जा प्रवाह गर्दा स्वीकृत कर्जामा १।३ प्रतिशतसम्म सेवा शुल्क लिन सक्नेछन्। यसअघि यस्तो सेवा शुल्क १.५ प्रतिशत थियो।

यसैगरी १ वर्षभन्दा कम अवधिका लागि कर्जा प्रवाह गरेको अवस्थामा यस्तो कर्जाका लागि वार्षिक १.३ प्रतिशतसम्ममा नबढ्ने गरी कर्जा अवधिका आधारमा सो दरको दामासाही हिसाबले मात्र सेवा शुल्क लिन पाउने व्यवस्था संशोधित निर्देशनमा गरिएको छ।

यसअघि यस्तो शुल्क पनि १.५ प्रतिशत थियो। तर, थोक कर्जा प्रवाह गर्ने संस्थाले लघुवित्त संस्थालाई प्रवाह गर्ने कर्जामा ०.५० प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने व्यवस्थालाई भने केन्द्रीय बैंकले यथावत राखेको छ।

यसैगरी कर्जाको सीमा वृद्धि वा थप गर्दा थप भएको रकममा पनि १।३ प्रतिशतसम्म सेवा शुल्क लिन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यसअघि यस्तो सेवा शुल्क २० प्रतिशतसम्म रहेको थियो।

कर्जा प्रवाह गर्दा स्वीकृत कर्जा रकमबाट तोकिएको सेवा शुल्कबाहेक अन्य कुनै पनि प्रकारको रकम कट्टा गरी बचका रुपमा राख्न नपाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ। यसअघि यो व्यवस्था रहेको थिएन।

IME Life
kumari