stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पब्लिक स्कुल पेप्सीकोलाका एसईई उत्कृष्ट विद्मार्थीलाई सम्मान

यस विद्मालयका मात्रै देशभरकै १८६ विद्मार्थीहरु मध्येमा ६ जनाले ४ जिपिए ल्याउन सफल भएका थिए ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंको पेप्सिकोलामा अवस्थित ग्लोबल पब्लिक स्कुलले २०८० को एसईईमा सहभागी भई उत्कृष्ट नतिजा ल्याउन सफल विद्मार्थीहरूलाई राजधानीको कार्की व्याङ्केटमा एक कार्यक्रमको आयोजना गरी खादा तथा मायाको चिनो सहित सम्मान गरिएको छ ।

यस विद्मालयका मात्रै देशभरकै १८६ विद्मार्थीहरु मध्येमा ६ जनाले ४ जिपिए ल्याउन सफल भएका थिए । यस विद्यालयबाट श्रीया भुजु, कृतिज्ञा शिल्पकार, स्वीकृती प्याकुरेल, सुभम भट्टराई, साजन पराजुली र श्रृजन खड्का ४ जीपीए सहित उत्तीर्ण भएका छन् ।

यस विद्मालयका मात्रै देशभरकै १८६ विद्मार्थीहरु मध्येमा ६ जनाले ४ जिपिए ल्याउन सफल भएका थिए ।

त्यस्तै, कुल ५६ जना विद्मार्थीहरूमा ४० जना ‘ए प्लस’ र १४ जना ‘ए’, दुई जना ुबि प्लसु श्रेणीमा उत्तीर्ण हुन सफल भएको यस विद्यालय देशकै उत्कृष्ट विद्यालयमा पर्ने प्रधानाध्यापक मातृका कार्की भन्नुहुन्छ ।

यो सफलताको बारेमा प्रधानाध्यापक मातृका कार्की भन्नुहुन्छ,‘‘शिक्षकको लगन, विद्यार्थीरूको मेहनत, अभिभावकको विश्वास र लगानी, सरोकारवालाहरुको सकारात्मक सहयोग, विद्यार्थीको सिकाइ स्तर अनुसारको पृष्ठपोषण कक्षा, परीक्षाको लागि प्रशस्त अभ्यासको अवसर, बाह्य परीक्षण तथा बाह्य विज्ञ शिक्षकहरूको उत्प्रेरणा कक्षा तथा शिक्षक विद्यार्थी बीचको सुमधुर सम्बन्ध नै सफलताको आधार हो’’ ।

कार्यक्रममा बिद्यार्थीका साथै सम्पूर्ण विषय शिक्षकलाई पनि खादा र मायाको चिनो सहित सम्मान गरिएको थियो । समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा अतिथिहरू गरी चार सयभन्दा बढीको सहभागिता रहेको थियो कार्यक्रममा काठमाडों महानगरपालिका ३२ नम्बर वडा कार्यालयका वडा सदस्य सीता विशुङ्खे र हरि बस्नेतको समेत उपस्थिति रहेको थियो ।

२०६२ सालबाट सञ्चालनमा  आएको  ग्लोबल स्कुलमा  हाल ६ सय हाराहारी विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा करिब ५० जना शिक्षक–शिक्षिकाले अध्यापन गर्छन्। विद्यालयले मध्यम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

 

prabhu mahalaxmi
kumari