stcnepal long ad
ime life insurance
national life
global ime bank long

आर्थिक कूटनीति सरकारको प्राथमिकता: उपप्रधानमन्त्री श्रेष्ठ

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक कूटनीति सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।

विदेशस्थित नेपाली राजदूत एवम् नियोग प्रमुखहरुलाई भर्चुअल माध्यमबाट बिहीबार सम्बोधन गर्नुहुँदै परराष्ट्रमन्त्री श्रेष्ठले निर्यात विस्तार, पर्यटन प्रवर्द्धन तथा वैदेशिक रोजगारी व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न नेपाली राजदूतहरुलाई निर्देशन समेत दिनुभयो ।

सरकारले आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेको उल्लेख गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकहरुको पेशागत हकहित एवम् सुरक्षामा संवेदनशील भई काम गर्न विदेशस्थित नेपाली राजदूतको ध्यानाकर्षण गराउनुभयो।

वैदेशिक लगानी प्रतिबद्धता र प्राप्ति तथा वैदेशिक सहायता प्रतिबद्धता र प्राप्तिमा खाडल रहेको उल्लेख गर्नुहुँदै उहाँले प्रतिबद्धताअनुसार लगानी र सहयोग प्राप्त गर्न विदेशस्थित कूटनीतिक नियोगहरु प्रभावकारी रुपमा परिचालित हुनुपर्नेमा उहाँको जोड थियो ।

सरकारले गत वैशाखमा सम्पन्न तेस्रो लगानी सम्मेलनको स्मरण गराउनुुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो,ूसम्मेलनमा सहभागी लगानीकर्ताहरुसँग सम्पर्क बढाउने र नेपालमा भएका लगानीका सम्भावनाहरुलाई थप उजागर गर्न विदेशस्थित कूटनीतिक नियोगहरुले निरन्तर लाग्नुपर्ने हुन्छ ।ू

मुलुकको आर्थिक–सामाजिक विकास गरी समृद्धि र विकास गर्ने सरकारको उद्देश्यअनुरुप पराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धको सञ्चालन भएको अवस्थाबारे पनि उहाँले स्पष्ट पार्नुभयो ।

विदेशमा रहेका राजदूतावासका लागि सरकारले आफ्नो क्षमताअनुसार लगानी गरेको बताउनुहुँदै उहाँले भन्नुभयो, “नेपालका निर्यातयोग्य वस्तुहरुको अन्तर्राष्ट्रिय बजार पहिचान गर्न, सम्भाव्य लगानीकर्तालाई नेपालमा बढीभन्दा बढी लगानी गर्न अभिप्रेरित गर्दै नेपाललाई आकर्षक लगानी गन्तव्यका रुपमा स्थापित गर्न तथा प्राथमिक पर्यटन गन्तव्यका रुपमा विश्वमा नेपालको प्रचार र प्रवर्द्धन गर्ने कार्यमा सक्रिय रहन म यहाँहरुलाई आग्रह गर्दछु ।”

prabhu mahalaxmi
kumari