stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल टेलिकमको सेवा प्रयोग गरी एसईई परीक्षाको नतिजा प्राप्त गर्न सकिने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । एसईई परीक्षाको नतिजा थाहा पाउनका लागि नेपाल टेलिकमका विभिन्न सेवा प्रयोग गर्न सकिन्छ ।  नेपाल टेलिकमले एसईई परीक्षाको  नतिजा प्राप्त गर्नका  लागि विभिन्न व्यवस्था गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०८० सालको  एसईई परीक्षाको नतिजा  आईभीआर,  एसएमएस  तथा वेबसाइट मार्फत  प्राप्त  गर्न सकिने छ ।

नतिजाका लागि नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिने छ । यस अनुसार सिधै १६०० डायल गरी प्राप्त निर्देशन अनुसार गरेमा नतिजा थाहा पाउन सकिने छ ।

त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर (SEE <space> <symbol number>)टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ । उदाहरणका लागि SEE 12345678A टाइप गरी १६०० मा सन्देश पठाउन सकिन्छ ।

नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने छ ।

नतिजा प्रकाशित भएको केही समय पश्चात यो सुविधा उपयोग गर्न सकिने छ । यसबाट सम्पूर्ण विद्यार्थी वर्ग लाभान्वित हुने कम्पनीको अपेक्षा छ ।

 

prabhu mahalaxmi
kumari