stcnepal long ad
ime life insurance
national life
global ime bank long

व्यवसायीक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने नियम कार्यान्वयनमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं ।व्यवसायीक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको नियम कार्यान्वयनमा आएको छ ।
आन्तरिक राजश्व विभागले एक सार्वजनिक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो ।

आर्थिक विधेयक, २०८१ बाट आयकर ऐन, २०५८ को दफा ८१ क। थप भई व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था अनुसार विभागले सूचना मार्फत जानकारी गराएको हो ।

यस्तो व्यवस्था कार्यान्वयन नगरिएमा हरेक पटक पाँच हजार रूपैयाँ वा कुल कारोबार रकमको दुई प्रतिशतमध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्युआर कोड अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा पाउने छैनन् ।

prabhu mahalaxmi
kumari