citizens life insurance long ad
stcnepal long ad

पीएनजीविरुद्ध न्युजिल्यान्डको सानदार जीत

Nimb long ad
Prabhu Insurance Long Ad

आइसीसी टी–२० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा न्युजिल्यान्डले पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गरेको छ ।

सोमबार राति सम्पन्न खेलमा न्युजिल्यान्डले पपुवा न्युगिनी (पीएनजी) लाई सात विकेटले पराजित गरेको हो ।

पीएनजीलि दिएको ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

ओपनर डेवन कन्वेले ३५ रन जोड्दै टोलीलाई जिततर्फ उन्मुख गराए । रचिन रविन्द्रले ६ रन जोड्दा केन विलियम्सन १८ र डेरील मिचेल १९ रनमा नटआउट रहे ।

यसअघि टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको न्युजिल्यान्डले पीएनजीलाई १९.४ ओभरमा ७८ रनमै अलआउट गराएको थियो ।

न्युजिल्यान्डका लागि फर्गुसनले ४ ओभरमा कुनै रन नखर्ची ३ विकेट लिएका थिए । उनी पुरुष टी–२० विश्वकपमा ४ ओभर नै मेडन राख्ने पहिलो बलर बनेका छन् ।

पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक १७ रन जोडे । नोर्मन भानुआले १४ र सेसे बाउले १२ रन जोड्नुबाहेक अन्यले दोहोरो स्कोर छुन सकेनन् ।

समूह सी बाट अफगानिस्तान र वेस्ट इन्डिज ८ प्रवेश गरिसकेका छन् ।

IME Life
kumari