stcnepal long ad
ime life insurance
national life
global ime bank long

छ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छ केजी सुन तथा स्रोत नखुलेको ४८ लाख रुपियाँसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

चिनियाँ नागरिक सेराप ग्याल्मोलाई काठमाडौँ–६, बौद्ध तीनचुली चारघरेस्थित डेराबाट आइतबार साँझ पक्राउ गरिएको सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान कार्यालयले स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी सुन बरामद गरेको थियो । ग्याल्मो सो सुन तस्करी प्रकरणमा समेत संलग्न रहेको पाइएको बोगटीले जानकारी दिनुभयो ।

ग्याल्मोले तस्करीको सुन खरिद बिक्री गर्ने गरेको पाइएको तथा सुन खरिद बिक्रीबापतको रकमसमेत अवैध रूपमा भुक्तानी युएसडिटी (क्रिप्टोकरेन्सी कारोबार अमेरिकी डलरमा) भुक्तानी प्रणालीबाट दिने गरेको खुलेपछि प्रहरीले निगरानी बढाएको थियो ।

यसै क्रममा ग्याल्मोलाई ब्युरोको टोलीले पक्राउ गरेको हो । सेरापले सोनाम गुरुङको नामबाट जिल्ला प्रशासन कार्यालय मनाङबाट नेपाली नागरिकतासमेत लिएको पाइएको ब्युरोले

जनाएको छ । ग्याल्मो बस्ने कोठामा खानतलासी गर्दा एक केजी लेखिएका छ ढिक्का सुनसहित नगद ४८ लाख रुपियाँ तथा तीन थान मोबाइल बरामद गरी आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

विमानस्थलबाट बरामद ६० किलो सुन तस्करी प्रकरणमा संलग्न २९ जना अभियुक्तविरुद्ध तीन अर्ब ३० करोड ३० लाख रुपियाँ बिगो तथा जरिबानाको मागसहित दायर भएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले २६ जनालाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । एक नेपालीसहित तीन जना चिनियाँ भने अझै फरार छन् ।

सो सुन तस्करीमा अन्तरदेशीय सङ्गठित गिरोहको संलग्नता देखिएपछि विस्तृत अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागले गत साउन २२ गते अभियुक्तसहित अनुसन्धान फाइल सिआइबीमा बुझाएको थियो ।

IME Lifesidebar
kumari