अधिकांश वाणिज्य बैंकले असारका लागि घटाए ब्याजदर

वाणिज्य बैंकहरुले आज सार्वजनिक सूचना प्रकाशित गरी असारको ब्याजदरबारे जानकारी गराएका हुन्।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अधिकांश वाणिज्य बैंकले असारका लागि ब्याजदर घटाएका छन्। अहिलेसम्म प्राप्त १० वटा वाणिज्य बैंकको सूचनामध्ये ६ वटाले ब्याजदर घटाएका छन् भने १ वटा बढाएको छ। बाँकी ३ वटा स्थिर राखेको छ।

वाणिज्य बैंकहरुले आज सार्वजनिक सूचना प्रकाशित गरी असारको ब्याजदरबारे जानकारी गराएका हुन्। वाणिज्य बैंकमध्ये एनआईसी एसिया, सिटिजन्स, एभरेष्ट, कुमारी, सानिमा र ग्लोबल आइएमई व्यक्तिगततर्फ मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्।

असारमा व्यक्तिगत मुद्दतिमा अधिकतम ब्याजदर एनआईसी एसिया बैंकले ७.६९ प्रतिशत, सिटिजन्स बैंकले ६.९ प्रतिशत, एभरेष्ट बैंकले ५.७५ प्रतिशत, कुमारी बैंकले ६.५६ प्रतिशत, सानिमा बैंकले ६.८ प्रतिशत र ग्लोबल आइएमई बैंकले ६.५ प्रतिशत कायम गरेका छन्।

जेठमा व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर एनआईसी एसिया बैंकले ७.८ प्रतिशत, सिटिजन्स बैंकले ७ प्रतिशत, एभरेष्ट बैंकले ६.५ प्रतिशत, कुमारी बैंकले ७.२६ प्रतिशत, सानिमा बैंकले ६.९ प्रतिशत र ग्लोबल आइएमई बैंकले ७.५ प्रतिशत कायम गरेका थिए।

नेपाल बैंकले भने असारमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएर ६.७५ पुर्याएको छ। जेठमा ६.३९ प्रतिशत थियो।

सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड बैंक र कृषि विकास बैंकले जेठकै ब्याजदरलाई असारमा निन्तरता दिएका छन्। जेठमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम सिद्धार्थ बैंकले ७ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशत र कृषि विकास बैंकले ५.६६ प्रतिशत दिएका थिए।

बैंकहरुले व्यक्तिगत मुद्दतिको निक्षेपको अधिकतम ब्याजदरमा १ प्रतिशत घटाएर संस्थागत मुद्दति निक्षेपको ब्याजदर कायम गर्नुपर्नेछ भने रेमिट्यान्स खातामा १ प्रतिशत बढाएर ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था रहेको छ।

IME Lifesidebar
kumari