stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मंगलबार कस्तो रहला मुलुकभरको मौसम ?

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

हाल कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। कोशी र गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती,लुम्बीनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ।

कोशी, मधेश,  बागमती, लुम्बीनी र  गण्डकी प्रदेशका  थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राति कोशी, मधेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, मधेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

prabhu mahalaxmi
kumari