stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

देशलाई समृद्ध बनाउने अभिभारा युवाको होः अध्यक्ष ओली

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने अभिभारा युवाको रहेको बताएका छन् ।

ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा राष्ट्रिय युवा सङ्घको तेस्रो पूर्ण बैठकमा उनले युवाले नै देशलाई समृद्ध, आधुनिक, न्यायोचित र शान्तिपूर्ण बनाउनुपर्ने बताए ।

अध्यक्ष ओलीले अहिले समाजमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न अराजक प्रवृत्तिविरुद्ध युवा लाग्नुपर्नेमा जोड दिए । उनले समाजमा अराजक फैलाउनेविरुद्ध अहिले समाजमा कोही पनि बोल्नेमान्छे नभएको बताए ।

“हामीले हाम्रो समाज अराजक बनाउने खोजेको होइन । प्रजातान्त्रिक बनाउन खोजेको हो”, उनले भने, “हामी एउटा सभ्य, लोकतान्त्रिक, न्यायपूर्ण र समृद्ध समाज बनाउन चाहन्छौँ ।”

उनले युवामा सत्य र निष्ठाका साथ अथाडि बढ्न सक्ने क्षमता हुने भन्दै अनावश्यक सम्झौता नगर्न समेत आग्रह गरे । उनले उद्यमशीलता युवाको विशेषता रहेको भन्दै अहिलेदेखि योजनाबद्ध ढङ्गले काम गर्नुपर्ने भनाइ राखे ।

अध्यक्ष ओलीले एमालेले २०८४ सालको निर्वाचनमा अत्यधिक बहुमत ल्याउनुपर्ने भन्दै त्यसमा युवाको जिम्मेवारी ठूलो रहेको बताए ।

prabhu mahalaxmi
kumari