stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चार करोड ८६ लाख ६६ हजार सात सय ७४ रूपैयाँ राजस्व संकलन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

झापा । भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चार करोड ८६ लाख ६६ हजार सात सय ७४ रूपैयाँ राजस्व संकलन गरेको छ।

नगरपालिकाले गत आवको सोही अवधिको तुलनामा एक करोड १६ लाख ७२ हजार आठ सय २९ रकम बढी राजस्व संकलन गरेको सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले बताए।

उनका अनुसार गत आवको १० महिनामा भद्रपुर नगरपालिकाले तीन करोड ६९ लाख ९३ हजार नौ सय ४४ रूपैयाँ राजस्व संकलन गरेको थियो।

नगरपालिकाले चालु आर्थिक वर्षमा पाँच करोड ५० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। बैशाख मसान्तसम्म ८८ दशमलव ४९ प्रतिशत राजस्व संकलन गरेको हो। ‘राजस्व संकलनको प्रकृति हेर्दा नगरपालिकाले राखेको राजस्व संकलनको लक्ष्य सहजै भेट्न सकिन्छ,’ सूचना अधिकारी पोख्रेलले भने।

पुँजीगत खर्च घट्यो
भद्रपुर नगरपालिकाले चालु आवको १० महिनामा ५१ करोड ७० लाख ५४ हजार छ सय ६९ रूपैयाँ खर्च गरेको छ। नगरपालिकाको कुल बजेटको ५२ दशमलव ६३ प्रतिशत खर्च गर्दा पुँजीगतको तुलनामा चालुतर्फ बढी खर्च भएको छ।

भद्रपुर नगरपालिकाको चालु आवको १० महिनामा पुँजीगततर्फ ३७ दशमलव ६४ प्रतिशत खर्च भएको छ। चालुतर्फ ६३ दशमलव ०२ प्रतिशत खर्च भएको नगरपालिकाका सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले जानकारी दिए।

भद्रपुर नगरपालिकाको चालु आवको बजेट संशोधनसहित ९८ करोड २३ लाख ४६ हजार रूपैयाँ रहेको छ।

चालु आवको १० महिनामा गत आवको सोही अवधिको तुलनामा समग्रमा खर्च प्रतिशत दुई दशमलव ११ प्रतिशतले बढे पनि पुँजीगततर्फ एक प्रतिशतले खर्च घटेको नगरपालिकाले जनाएको छ। गत आवको सोही अवधिमा खर्च प्रतिशत ५० दशमलव ५२ रहेको थियो।

prabhu mahalaxmi
kumari