तीन प्रदेशमा बिहानैदेखि वर्षा, तीनमा राति ठूलो पानी पर्ने सम्भावना
काठमाडौं । काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण अहिले उपत्यका सहित कोशी ,मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बाग्मती, गण्डकी र कर्णालि प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहने छ।
देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक/दुई स्थानमा चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, आज राती कोशी, मधेश र बाग्मति प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।























