stcnepal long ad
global ime bank long

कुमारी बैंकको ३ लाख १४ हजार बढी कित्ता शेयर जेठ ४ गतेबाट बिक्रीमा राखिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकको ३ लाख १४ हजार बढी कित्ता शेयर जेठ ४ गतेबाट बिक्रीमा राखिने भएको छ।

बैंकको संस्थापक समूहको ३ लाख १४ हजार १४० कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथ अन्य व्यक्ति तथा संस्थाले पनि खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा १० ले गुणनमा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति जेठ १८ गतेसम्म तोकिएको छ। बोलपत्र बिक्री प्रबन्धक एलएस क्यापिटलमा पेस गर्नुपर्नेछ।

IME Lifesidebar
kumari