stcnepal long ad
global ime bank long

निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका राजेन्द्र मल्ल प्रभु इन्स्योरेन्सको अध्यक्ष चयन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्ष चयन भएका छन् ।

प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभाले निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका मल्ललाई अध्यक्ष चयन गरेको हो ।

इन्स्योरेन्सको सदस्यहरूमा सञ्चालकहरूको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा, शान्ता गौतम चयन भएका छन् । यस्तै सर्वसाधरण सेयरधनीका तर्फबाट रामेश्वर सापकोटा र साङ्गे लामा सञ्चालक चयन भएका छन् ।

मल्ल निर्जीवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न छन् । उनले अन्य विभिन्न व्यावसायिक संघ, संस्था तथा कम्पनीको नेतृत्व गरिरहेका छन् ।

प्रभु इन्स्योरेन्सको व्यावसायिक क्षमता अभिवृद्धिका लागि आफ्नो कार्यकालमा थप योजना अघि बढाउने अध्यक्ष मल्लले बताएका छन् ।

निर्जीवन बीमा क्षेत्रमा जनचेतना अभिवृद्धि एवम् व्यावसायिक हितका लागि आफूले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ ।

IME Lifesidebar
kumari