stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ९ महिनाको तथ्यांक शोधनान्तर स्थिति

मुलुकको चालु खाता र शोधनान्तर स्थित दुवै बचत रहेको देखिन्छ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मुलुकको चालु खाता र शोधनान्तर स्थित दुवै बचत रहेको देखिन्छ। मुलुकको चालु खाता र शोधनान्तर स्थित दुवै बचत रहेको देखिन्छ।

तथ्यांक अनुसार समीक्षा अवधिमा चालु खाता रु.१ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. ६० अर्ब ४३ करोडले घाटामा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४६ करोड ८३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ३५ करोडले बचतमा रहेको छ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.२ प्रतिशतले कमी आई रु.४ अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.६ अर्ब ४८ करोडले धनात्मक रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु. ५ अर्ब ९१ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु। २ अर्ब ६२ करोडले धनात्मक रहेको थियो।

यो ९ महिनामा शोधनान्तर स्थिति रु.३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१ खर्ब ७४ अर्ब २८ करोडले बचतमा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३२ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ७५ करोडले बचतमा रहेको छ।

prabhu mahalaxmi
kumari