stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

न्यु बुटवल सबस्टेसन बन्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । न्यु बुटवल ४०० केभी सबस्टेसन निर्माणको ठेक्का भारतीय कम्पनी लिङ्कसन इन्डियाले प्राप्त गरेको छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको अनुदान सहायतामा एमसिए नेपालले सो सबस्टेन निर्माण गर्न लागेको हो । यो एमसिसी परियोजना अन्तर्गतका कामको पहिलो ठेक्का सम्झौता हो ।

लुम्बिनी प्रदेशको नवलपरासी बर्दघाटमा सो सबस्टेसन तीन वर्ष तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी बिहीबार ठेक्का सम्झौतामा हस्ताक्षर भएको हो । आयोजनाको डिजाइन, सामग्री आपूर्ति निर्माणदेखि परीक्षणसम्म सम्पन्न गरेर यो अवधिमा निर्माण कम्पनीले सबस्टेसन हस्तान्तरण गर्ने छ ।

एमसिसी परियोजना अन्तर्गत नै निर्माण गर्न लागिएको सो सबस्टेसन र त्यहाँदेखि भारतीय सिमानासम्मको १८ किलोमिटर चार सय केभी प्रसारण लाइन निर्माणलाई छुट्टै प्याकेजमा निर्माण गर्ने एमसिए नेपालले गत फागुनमा निर्णय गरेको थियो ।

सबै परियोजना निर्माण गर्न समय लाग्ने र यो खण्ड निर्माणमा ढिलाइ हुँदा न्यु बुटवल गोरखपुर प्रसारण लाइनको उपयोगिता सिर्जना नहुने भएपछि विद्युत् व्यापारलाई दृष्टिगत गर्दै यो खण्ड छुट्टै निर्माण गर्ने निर्णय गरिएको थियो ।

अहिले सबस्टेसन मात्र ठेक्का लागेको हो भने सबस्टेसनदेखि नेपाल भारत सीमा क्षेत्र पाल्ही नन्दन गाउँपालिकाको महेशपुरसम्मको प्रसारण लाइनका लागि पनि ठेक्का आह्वान भइसकेको छ । यसका लागि आगामी जेठ १४ गतेसम्मको अवधि छ । महेशपुरदेखि गोरखापुरसम्मको प्रसारण लाइन आगामी दुई वर्षभित्र तयार हुने गरी निर्माण जारी छ ।

निर्माण सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी राजदूत डिन आर थम्पसनले नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि अमेरिकी सरकार नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले विद्युत्को आन्तरिक खपत प्रवर्धन, व्यापारिक एवं औद्योगिक क्षेत्रमा विद्युत्को सहज उपलब्धता र सीमापार विद्युत् व्यापारका लागि भरपर्दो पूर्वाधार उपलब्धतामा सो सबस्टेसनले सुधार ल्याउने अपेक्षा गर्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ४०० केभी क्षमताको सो सबस्टेसन नेपाल विद्युत् प्राधिकरणको प्राथमिकतामा रहेको संरचना भएको बताउँदै यसले यस क्षेत्रमा सीमापार ऊर्जा व्यापार विस्तारमा योगदान पु¥याउने उल्लेख गर्नुभयो ।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसिए नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत प्रसारण लाइन र सबस्टेसनको निर्माणसम्बन्धी सम्पूर्ण कार्यलाई तीव्रतापूर्वक अगाडि बढाइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाँकी दुई वटा सबस्टेसनको निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नका लागि हामी खरिद प्रक्रियाको अन्तिम चरणमा छौँ ।”

एमसिए नेपालले नेपाल सरकारको लगानी तथा अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसनबाट आर्थिक अनुदान प्राप्त विद्युत् प्रसारण आयोजना अन्तर्गत नुवाकोट जिल्लाको रातमाटेमा र तनहुँ जिल्लाको दमौलीमा पनि एक एक वटा सबस्टेसन निर्माण गर्दै छ ।

prabhu mahalaxmi
kumari