citizens life insurance long ad
stcnepal long ad

साउदी अरेबियाले हज यात्राको नियम कडा बनायो

Nimb long ad
Prabhu Insurance Long Ad

साउदी अरेबियाको गृह मन्त्रालयले यस वर्षको हज यात्रालाई व्यवस्थित बनाउन विभिन्न चेतावनी सहितको नियम निकालेको छ ।

मन्त्रालयले हजयात्राका क्रममा तोकेको नियम र निर्देशिका उल्लङ्घन गर्नेलाई जरिवाना समेत गरिने जनाएको छ । यो जरिवाना झण्डै २ लाख २३ हजार रुपैयाँ हुन सक्ने बीबीसी हिन्दीले जनाएको छ ।

मन्त्रालयका अनुसार अनुमतिविना हजयात्रा गर्नु गैरकानुनी मानिने र ती हजयात्रीलाई स्वदेश फिर्ता पठाइनेछ । नियम उल्लङ्घन गरेमा निश्चित अवधिका लागि साउदी अरेबिया प्रवेशमा प्रतिबन्ध समेत लगाइने खबरमा उल्लेख छ । सुरक्षालाई ध्यानमा राखेर यस्तो कदम चालिएको गृह मन्त्रालयले जनाएको छ ।

यस्तै गृह मन्त्रालयले पवित्र स्थल, मक्का र सुरक्षा नियन्त्रण क्षेत्रमा अनुमतिबिना प्रवेशमा रोक लगाउने जनाएको छ । यसवर्ष हज यात्रा आउँदो जुन २ अर्थात जेठ २० गतेदेखि शुरु हुदैछ । हज यात्राका लागि तय भएको नियम जुन २० सम्म लागू हुनेछ ।

 

IME Life
kumari