stcnepal long ad
ime life insurance
national life
global ime bank long

वैशाख अन्तिम सातादेखि संसदको वर्षे अधिवेशन सुरु हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । संघीय संसदको वर्षे अधिवेशन वैशाख अन्तिम साता सुरु हुने भएको छ । एक मन्त्रीका अनुसार २५ वा २६ वैशाखमा अधिवेशन सुरु गर्ने तयारी छ ।

वर्षे अधिवेशनलाई बजेट अधिवेशनका रूपमा समेत लिइन्छ । सरकारले प्रत्येक वर्ष १५ जेठमा संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

त्यसअगाडि बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित गर्नुपर्छ ।

संघीय संसदमा यसवर्ष चैत महिनामै बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइसकेको छ । अब वर्षे अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत, छलफल र पारित गरेपछि सरकारले बजेट ल्याउँछ ।

IME Lifesidebar
kumari