stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

डिश मिडिया नेटवर्कको सीईओमा तारा मानन्धर नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । डिश मिडिया नेटवर्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन् । २५ वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गरेका मानन्धरले डिश मिडिया नेटवर्कमा  सोमबारदेखि  प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार सम्हालेका छन् ।

 

यसअघि मानन्धर बैंक, प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायतमा आफ्नो अनुभवले उच्च व्यवस्थापनमा सफल नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका मानन्धरले डिश मिडियाले प्रदान गरिरहेको  विभिन्न सेवाहरुलाई थप गुणस्तरिय बनाउनमा प्रमुख भूमिका खेल्ने कम्पनीले जनाएको छ । विगत १३ वर्षदेखि डिश मिडिया पे टिभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल छ ।

डिशहोमले ग्राहकहरूलाई उत्कृष्ट विभिन्न च्यानलहरुसँगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको छ । साथै, तीन वर्षअघि मात्रै नेपाल दुरसंचार प्राधिकरणबाट फाइबर इन्टरनेट वितरण गर्नका लागि अनुमति प्राप्त गरी हाल नेपालको दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक बन्न सफल भईसकेको छ ।

prabhu mahalaxmi
kumari