stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा आज 

बैंकले लाभांश सम्बन्धी कुनै प्रस्ताव राखेको छैन्

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ३७ औं वार्षिक साधारण सभा आज (चैत्र २० गते) मंगलबार बस्दैछ ।

साधारण सभाले गत आर्थिक वर्षको प्रतिवेदन, वासलात, नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । साथै, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गरी पारिश्रमिक तोक्नेछ ।

साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक निवार्चन गर्ने एजेण्डा राखेको थियो ।

सो एजेण्डा बैंकले हटाउने भएको छ । सर्वोच्च अदालतले निर्वाचन रोक्न बैंकलाई निर्देशन दिएसँगै बैंकले सामान्य प्रस्तावको बुँदा नं ५ अन्तर्गतको संस्थापक शेयरधनीको तर्फबाट चार जना र सर्वसाधारण शेयरधनीको तर्फबाट दुईजना संचालकलार्य निर्वाचन गराउने प्रस्ताव अदालतको आदेशको कारण निर्वाचनको प्रकृया हाललाई स्थगीत गरिएको बैंकका कम्पनी सचिव मनिष कुमार सिंहले जानकारी दिएका छन् ।

सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि बुक क्लोज गरिसकेको छ । जसअनुसार फागुन २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा उपस्थित हुन योग्य हुनेछन् ।बैंकको साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहानको १० बजेदेखि सुरु हुनेछ ।

prabhu mahalaxmi
kumari