stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चैत २९ गते  हिमाल दोलखा हाइड्रोपावरले साधारण सभा

शेयरधनीहरुको हात भने रित्तो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले १५औं र १६औं वार्षिक साधारण सभा बोलाएको छ । चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको हो ।

कम्पनीका शेयरधनीहरुको हात भने रित्तो हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्नुका साथै चाल आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्नेछ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत १८ गते एकदिन कम्पनीले बुक क्लोज गर्ने जनाएको छ ।साधारण सभा चैत २९ गते काठमाडौँको सुकेधारास्थित सेलिब्रेसन हाइटमा बस्ने गरी आव्हान भएको छ ।

prabhu mahalaxmi
kumari