citizens life insurance long ad
stcnepal long ad

कुमारीले देवः विकास र सिटिजन्सले सहयोगीलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट  अन्तिम स्वीकृति पाए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कुमारी बैंकले देवः विकास बैंक र सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पाए अन्तिम स्वीकृति पाएका छन् ।

राष्ट्र बैंकको मंगलबार सम्पन्न बैठकले अन्तिम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । यसअघि कुमारी बैंकले जेठ १९ गते नै विशेष साधारण सभाबाट र देवः विकास बैंकले १३ औं वार्षिक साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरिसेकेका छन् ।

दुई बैंक १०० बराबर ८६ शेयर स्वाप रेसियोमा मर्जर तथा प्राप्ति सम्झौतामा गएका हुन् । जसअनुसार देवः विकास बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर कुमारी बैंकको ८६ कित्ता शेयर पाउने छन् ।

कुमारी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड ४१ लख रूपैयाँ छ भने देवःको ३ अर्ब ४४ करोड ८७ लाख रूपैयाँ छ । मर्जरपश्चात् बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोडभन्दा बढी पुग्नेछ ।

यता, सिटिजन्स र सहयोग विकास बैंक १०० बराबर ९१।७५ शेयर स्वाप रेसियोमा मर्जर तथा प्राप्ति सम्झौतामा गएका हुन् । सहयोगीका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९१.७५ कित्ता शेयर पाउने छन् ।

यसअघि सिटिजन्सले जेठ २७ गते पाँचौं विशेष साधारण सभाबाट र सहयोगीले जेठ २४ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए ।

सहयोगीलाई प्राप्ति गरेपछि सिटिजन्स बैंकको चुक्ता पुँजी ९ अर्ब ८ करोड ९८ लाख रुपैयाँ हुनेछ ।

IME Life
kumari