stcnepal long ad
ime life insurance
national life
global ime bank long

उजुरी पर्दैमा मन्त्री नहुने हो भने मन्त्री र सांसद सबै खाली हुन्छः अध्यक्ष ओली

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

धनगढी । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले उजुरी दर्ता गरिएको भनेर आक्षेप लगाउने हो भने नेपालमा मन्त्री र संसद् खाली रहने बताएका छन् ।

धनगढीमा आज प्रेस चौतारीले गरेको सङ्क्षिप्त पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री ओलीले आरोप लाग्दैमा कोही दोषी नहुने जिकिर गरे ।

प्रमुख विपक्षी नेपाली कांग्रेसबाट गृहमन्त्री रवि लामिछानेको राजीनामा माग भइरहेका सन्दर्भमा ओलीले भने, “उजुरी दर्ता तपाईको नाममा पनि हुनसक्छ, उजुरी दर्ता हुँदैमा मन्त्री नहुने हो भने नेपालमा मन्त्री, सांसद सबै खाली हुन्छ ।”

उनले गृहमन्त्री लामिछाने सहकारीका सञ्चालक र सदस्य नरहेको जिकिर गर्दै भने, “नेपाली कांग्रेसतिर नलाग्दा उहाँको बदनाम गर्न खोज्ने, फसाउन खोज्ने काम गरिएको छ ।”

उनले कांग्रेसले सत्ता पक्ष हुँदा एउटा र प्रतिपक्ष हुँदा अर्को कुरा गरिरहेको आरोप लगाए । एमालेका अध्यक्ष ओलीले प्रदेश सरकारका विषयमा छलफल भइरहेको बताए ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari