stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन एमालेका सांसदलाई अध्यक्ष ओलीको निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिनिधिसभाको बैठकमा विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएका छन् ।

पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले पुरानो गठबन्धनले देश बर्बाद बनाएकाले सत्तामा जाने हतारो नभई देशको आवश्यकताका आधारमा नयाँ गठबन्धन बनाएको र यसले एक प्रकारको आशा बढाएको बताए ।

आफूहरुको पहलकदमीमा नयाँ गठबन्धन बनेको स्पष्ट गर्दै यसमा कुनै विदेशी वा छिमेकी मुलुकलाई नजोड्न आग्रह गर्दै पूर्व प्रधानमन्त्री ओलीले वामपन्थी पार्टीहरुको अगुवाइमा बनेको नयाँ गठबन्धन टिकाउनु आफूहरुको दायित्व भएको स्पष्ट गरे ।

फागुन २१ गते नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले नयाँ गठबन्धनको सहमति गरेका थिए । उक्त सहमतिको शृङ्खलामा अहिले नेकपा एकीकृत समाजवादी पनि जोडिएको छ ।

IME Lifesidebar
kumari