stcnepal long ad
ime life insurance
global ime bank long

दस अर्बको आइरन स्टिल निर्यात

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ। चालु आर्थिक वर्षको सात महिनाको अवधिमा १० अर्ब रुपियाँ बराबरको आइरन, स्टिल निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार सात महिनामा (साउन–माघ) आइरन, स्टिल ८५ प्रतिशतले बढेर १० अर्ब १२ करोड २० लाख रुपियाँको निर्यात भएको हो ।

गत वर्ष सो अवधिमा भने जम्मा पाँच अर्ब ८५ करोड रुपियाँको निर्यात भएको थियो । स्वदेशी अधिकांश वस्तुको निर्यात घटिरहेका बेला आइरन स्टिलको निर्यातमा भने उल्लेख्य वृद्धि भएको छ ।

सात महिनामा मुलुकबाट ८६ अर्ब ८३ करोड रुपियाँ बराबरको कुल सामान निर्यात भएको हुँदा सबैभन्दा धेरै निर्यात आइरन स्टिलको भएको हो । निर्यातमा आइरन र स्टिलको हिस्सा ११ प्रतिशत रहेको छ ।

सात महिनाको अवधिमा गत वर्षभर भएको निर्यात बराबरको निर्यात भएको छ । गत वर्ष आइरन स्टिलको निर्यात १० अर्ब ८२ करोड रुपियाँ बराबरको भएको थियो ।

चालु वर्षको आइरन र स्टिलको निर्यातमा सबैभन्दा बढी जस्तापाताको हिस्सा रहेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार सात महिनामा सबैभन्दा धेरै सात अर्ब रुपियाँ बराबरको जस्तापाता निर्यात भएको छ ।

जस्तापाता, जिआई पाइप, किचन सामग्री लगायतका आइरन र स्टिलमा केन्द्रित सामानहरू नेपालबाट भारत निर्यात हुने गरेका छन् ।

व्यवसायीले आइरन स्टिलको कच्चा पदार्थ आयात भारतबाट गरेर पुनः सामान उत्पादन गरेर निर्यात गर्ने गरेका छन् ।

नेपालको सबैभन्दा बढी अन्तर्राष्ट्रिय व्यापार हुने वस्तुमध्ये आइरन स्टिल पर्छ । चालु आवको सात महिनामा सिमेन्टको निर्यातमा उलेख्य वृद्धि भएको छ ।

सात महिनाको अवधिमा सिमेन्ट तथा क्लिङ्करको निर्यात दुई अर्ब छ करोड रुपियाँ बराबरको भएको छ । गत वर्ष सात महिनाको अवधिमा १६ करोड ७० लाख रुपियाँ बराबरको निर्यात भएको थियो ।

सात महिनामा एक अर्ब ७७ करोड रुपियाँको सिमेन्ट निर्यात भएको छ । गत वर्ष सो अवधिमा ३५ करोड ८९ लाख ५१ हजार सिमेन्ट निर्यात भएको थियो ।

सात महिनामा ९८ करोड ३७ लाख ९३ हजार रुपियाँको क्लिङ्कर निर्यात भएको छ । गत वर्ष सो अवधिमा ४२ करोड ३५ लाख रुपियाँको क्लिङ्कर निर्यात भएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ।

prabhu mahalaxmi
kumari