stcnepal long ad
ime life insurance
national life
global ime bank long

नामी (नयाँआयाम मल्टी डिसिप्लिनरी इन्स्टिच्युट) मा दीक्षान्त समारोह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा–नयाँआयाम मल्टी डिसिप्लिनरी इन्स्टिच्युट)नामीमा दीक्षान्त समारोह सम्पन्न भएको छ ।

बेलायतको युनिभर्सिटी अफनर्थह्याम्पटनबाट सम्बन्धन प्राप्त गरेको नामीले मंगलबार स्नातक तहको दीक्षान्त समारोह आयोजना गरेको हो ।

उक्त समारोहमा स्नातक तहमा २०२० माभर्ना भएका विद्यार्थीहरु दीक्षित भएका छन् । दीक्षान्तमा ब्याचलर अफबिजनेस एडमिनिस्ट्रेटिभ (बीबीए), बीएस्सी इन्भायरोन्मेन्ट साइनस, बीएस्सी कम्प्युटिङ, सफ्टवेयर इन्जिनियरिङ र नेटवर्क इन्जिनियरिङका १२० विद्यार्थी सहभागी भएका थिए ।

दीक्षित विद्यार्थीलाई समारोहका प्रमुख अतिथि नेपालका लागि बेलायतका राजदूत रब फेन्न (Rob Fenn) ले स्नातक उपाधि हस्तान्तरण गर्नु भएको थियो । दीक्षान्त समारोह कलेजका चेयरपर्सन डा. आरजु राणा देउवाको सभापतित्वमा सम्पन्न भएको थियो ।

नामीमा अध्ययन गर्ने विद्यार्थीले विश्वका उत्कृष्ट मध्येमा पर्ने बेलायती विश्वविद्यालयको शैक्षिक कार्यक्रममा सहभागी भई डिग्री हासिल गर्न पाउँछन् ।

नामीमा राष्ट्रिय परीक्षाबोर्ड अन्तर्गतको प्लस टू, जीसीई ए लेभल, बिएस्सी कम्प्युटिङ, एमएस्सी कम्प्युटिङ, बीएस्सी सफ्टवेयर इन्जिनियरिङ, बीएस्सी इन्भायरोन्मेन्टल साइन्स, बीबीए, बिएस्सी नेटवर्क इन्जिनियरिङ जस्ता शैक्षिक कार्यक्रम सञ्चालित छन् ।

IME Lifesidebar
kumari