stcnepal long ad
ime life insurance
national life
global ime bank long

पहिलोपल्ट नेपालका मनोविदले अन्तर्राष्ट्रिय बोर्डमा एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टो मान्यता प्राप्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पहिलोपल्ट नेपालका मनोविदले अन्तर्राष्ट्रिय बोर्डमा एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टो मान्यता प्राप्त गरेका छन्।

विगत दुई दशक भन्दा लामो अवधि अटिजम भएका बालबालिका तथा मनोविज्ञानको क्षेत्रमा अर्पण गरेकी वरिष्ठ मनोविद भगवती भट्टराईले माघ २९ गते उक्त शीर्षक हासिल गरेकी हुन्।

उच्चतम शिक्षा तथा लामो अवधिको अनुभव भएका विशेषज्ञहरूलाई अन्तर्राष्ट्रिय बोर्ड आइ बी सी सी इ एस ले उच्चतम कोटीको क्षमता परीक्षण गरी उक्त शीर्षक प्रदान गर्छ। उक्त बोर्डले अमेरिकाका सरकारी अधिकारीहरू,विशेषज्ञहरू का साथसाथै संसारभरीवाटै मापदण्ड पूरा गर्न सक्ने विशेषज्ञहरूलाई प्रमाणित गर्दै आएको छ।

यस अघि नेपाललाई मापदण्डमा नराखिएको तथा सम्बोधन नगरेको अवस्थामा नेपाल एकेडेमी अफ साइकोलोजीको पहलमा उक्त बोर्डले नेपाललाई सम्बोधन तथा आफ्नो मापदण्डमा समेत सामेल गरेको थियो।

जसरी गायक धीरज राईले नेपाल र बुद्धभूमिलाई संसारभरि चिनाइरहेका छन् त्यसरी नै हामी विशेषज्ञहरुले समेत आआफ्नो क्षेत्रबाट राष्ट्रिय स्वार्थको संरक्षण गर्नुपर्छ।

विश्वका कुनाहरूमा यस्ता धेरै क्षेत्रहरू छन् जहाँ नेपाल देश भनेर समेत चिनिएको र समेटिएको छैन , आफ्नो फाइदा गर्दैगर्दा आफ्नो माटोलाई समेत बिर्सनु हुँदैन।

विदेशी भूमिमा आफ्नो राष्ट्रको स्वार्थ संरक्षण गर्ने कर्तव्य सबै नेपालीको हो। यस कार्य का संयोजक तथा नेपाल एकेडेमी अफ साइकोलोजीका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक उपहारजंग शाह बताउँछन्।

मनोविद भगवती भट्टराई नेपाल एकेडेमी अफ साइकोलोजीका अध्यक्ष समेत हुन् भने आफ्ना २४ सै घण्टा अटिजम  भएका  बालबालिकाको थेरापी ,शिक्षण, पालन–पोषण तथा व्यवस्थापनमा बिताउँछिन् ।

IME Lifesidebar
kumari