stcnepal long ad
ime life insurance
national life
global ime bank long

मल्टिपर्पस फाइनान्सको फागुन १८ गते वार्षिक साधारण सभा 

लाभांश प्रस्ताव छैन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मल्टिपर्पस फाइनान्सले फागुन १८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ ।

कम्पनीले यसअघि नै लाभांश वितरण नगर्ने घोषणा गरिसकेकाले साधारण सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश हुने छैन ।

साधारण सभामा संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पनि सभामा पेश हुनेछ । साधारण सभा प्रयोजनका लागि फागुन ६ गते बुक क्लोज हुनेछ ।

तसर्थ, फागुन ३ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय राजविराज सप्तरीमा दिउँसो १ बजे सुरु हुनेछ ।

IME Lifesidebar
kumari