citizens life insurance long ad
stcnepal long ad

माघ २८ गतेदेखि कुमारी क्यापिटलले ‘कुमारी सबल योजना’ बिक्री खुला गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  कुमारी  क्यापिटलले माघ २८ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गर्ने भएको छ । क्यापिटलले ‘कुमारी सबल योजना’ को कुल १० करोड इकाई निष्कासन गर्न लागेको हो ।

जसमध्ये १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४५ विज पुँजीवापत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, योजना व्यवस्थापक कुमारी क्यापिटललाई १५ अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ ।

बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो । यो बन्दमुखी योजना हो । यसमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा फागुन १३ गतेसम्म खुला रहनेछ ।

प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाईमा आवेदन दिन सक्नेछन् ।

IME Life
kumari