macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एनएलजी इन्स्योरेन्सको फागुन ३ गते १८ औं वार्षिक साधारण सभा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनएलजी इन्स्योरेन्सको फागुन ३ गते १८ औं वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभामा कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५.५ ०% बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.२८ % नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

यस्तै, आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।

आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

साधारण सभा  प्रयोजनका  लागि कम्पनीले बिहीबार माघ २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसर्थ बुधबार माघ २४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

साधारण सभा, आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

himalayan life insurance
igi long
NTA long ad