stcnepal long ad
ime life insurance
global ime bank long

सल्लाह दिन नियुक्त व्यक्ति मेडिकल सामग्री खरिद प्रक्रियामा संलग्न

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडाैँ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञ सल्लाहकारमा नियुक्त डा. खेम कार्कीको भूमिकालाई लिएर शंका उब्जेको छ।

उनीमाथि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारीसल्लाह दिन नसकेको आरोप त लागेको छ नै, सँगसँगै ओम्नी ग्रुपसँगको विवादास्पद खरिद सम्झौताका साथै स्वास्थ्य सेवा विभागले मेडिकल सामग्री खरिद गर्दा चासो र संलग्नता देखाउन थालेपछि उनको भूमिकालाई लिएर आलोचनासमेत बढेको छ।

कार्कीले कोरोना नियन्त्रण प्रयोजनका लागि सामग्री खरिद गर्दा आफू अनुकूलका आपूर्तिकर्तालाई ठेक्का दिलाउन हस्तक्षेप गर्न थालेपछि उनको टिओआरमाथि नै प्रश्न उठेको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले बताए। कार्की कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलको सिफारिसमा सल्लाहकार नियुक्त भएका हुन्।

स्वास्थ्य सेवा विभाग मार्फत मेडिकल सामग्री खरिद गर्नुपर्नेमा उपप्रधानमन्त्री पोखरेल, प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार समूहका केही सदस्य र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको मिलेमतोमा कार्कीको संयोजकत्वमा छुट्टै टोली गठन गरेर घोटाला गरिएको स्रोतले नागरिकलाई बतायो।

विभागको अधिकारमाथि हस्तक्षेप गर्दै विवादास्पद ओम्नी ग्रुपलाई ठेक्का दिलाउन कार्की सक्रिय रहेको स्रोतको भनाइ छ। उपप्रधानमन्त्री पोखरेल, मन्त्री ढकाल र प्रधानमन्त्रीको सल्लाहकार समूहका केही सदस्यले ओम्नीसँग सेटिङ मिलाएर कार्कीको नेतृत्वमा वार्ता टोली गठन गरिएको स्रोतको दाबी छ।

संसद्को सार्वजनिक लेखा समितिले ओम्नीसँगको मेडिकल सामग्री खरिदमा स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार खेम कार्कीको प्रत्यक्ष संलग्नता रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ।  आजको नागरिक दैनिकबाट

prabhu mahalaxmi
kumari