stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दुई प्रदेशमा बदली, बाँकी भूभागमा मौसम सफा रहने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भू–भागहरूमा भने हुस्सु÷कुहिरो लागेको अवस्था छ।

बिहीबार दिउँसोः कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ।

राति कोशी र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ।

prabhu mahalaxmi
kumari