citizens life insurance long ad
stcnepal long ad

पानी पिउनुहोस्, स्वस्थ रहनुहोस्

Nimb long ad
Prabhu Insurance Long Ad

हरेक दिन बिहानै उठेर मनतातो पानी कम्तीमा एक–डेढ गिलास र बढीमा तीन–चार गिलास पिउने गरेमा हाम्रो स्वास्थ्यमा धेरै फाइदा पुग्छ । अचेल चिकित्सक र जनस्वास्थ्य विद्हरूले राति सुत्नुअघि पनि मनतातो पानी एक–डेढ गिलास पिउन सल्लाह दिने गरेका छन् ।

हाम्रो शरीरमा पानीको ज्यादै महत्व रहेको छ तर पनि हामीले बिहान उठेर खाली पेटमा मनतातो अथवा चिसै पिउन सक्नेले चिसै भए पनि पानी पिउन खोज्दैनौँ, किन रु

हामीले बिहान उठ्नासाथ खाली पेटमा एकरडेढ गिलासदेखि तीन–चार गिलास (आफ्नो अवस्था अनुसार) पानी पिउनाले अनेक समस्याबाट मुक्ति पाउने बाटो खुल्छ । ग्यास्ट्रिक, उच्च रक्तचाप, मधुमेह, क्यान्सर, क्षयरोग जस्ता समस्या नियन्त्रणमा यसबाट सहयोग पुग्दछ । पानी पिएपछि मात्र दाँत माझ्नु पर्दछ । साथै पानी पिएको कम्तीमा ४५–५० मिनेटसम्म केही पनि खानु हुँदैन । त्यसरी दैनिक स्वनियमभित्र बसेर पानी पिउने गरेमा शरीरलाई स्फूर्त र स्वस्थ राख्न ठूलो मद्दत पुग्दछ ।

नेपाली समाजमा एक उखान प्रचलित छ, ‘आकाशको केतु पातालको राहु, एक पटक आफैँलाई नपरी कसरी चेतुँ ।’ यसैले समस्या आइहाल्नुभन्दा पहिले नै बिहान पानी पिउने अभ्यास गरिहाल्नु बुद्धिमानी हुन्छ ।

IME Life
kumari