citizens life insurance long ad
stcnepal long ad

यार्सा टेकले जित्यो इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२३

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले “यार्सा टेक प्रालि”लाई “इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२३“ को विजेता घोषणा गरेको छ ।

इनड्राइभले, प्रतिष्ठित आईसीटी अवार्ड २०२३ को लागि साझेदारी गरेको थियो, जसले सूचनातथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमाउत्कृष्ट उपलब्धिहरूलाई मान्यतादिने आफ्नो प्रतिबद्धतालाई जनाएको छ ।

इनड्राइभ, प्राविधिकविकासहरू तथा ड्राइभिङको लागि प्रतिबद्धताका लागिप्रख्यात रहेको छ र आईसीटी अवार्ड २०२३ सँग आफूलाई साझेदारी गर्न पाउँदा गौरवान्वित छ, जसले सकारात्मकविचार र नवीन स्टार्टअपहरू मनाउने प्लेटफर्मको रूपमा काम गर्दछ।

इनड्राइभका एपीएसीकापीआर लिड पवितनन्दाआनन्दले भनिन्, “इनड्राइभले आईसीटी अवार्ड २०२३ संग साझेदारी गर्न पाउँदा सम्मानितमहशुस गरेको छ ।

इनड्राइभले आईसीटी क्षेत्रमा स्टार्टअपहरूकालागिपहिचान र सशक्तिकरणको महत्त्व बुझ्दछ, र अन्तर्राष्ट्रिय मञ्चमाउनीहरूकाउपलब्धिहरूलाई प्रकाशपार्ने कार्यक्रममा योगदान दिन पाउँदा हामी गर्व गर्छौं, हामी इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२३ को सबै विजेताहरुलाई पनिबधाई दिन चाहन्छौं।“

आईसीटी अवार्ड उदीयमानप्रतिभाहरूको पहिचान र प्रदर्शन गर्न, उनीहरूलाई उद्योगमामहत्त्वपूर्ण प्रगति गर्न आवश्यक पर्ने एक्सपोजर र समर्थन प्रदान गर्ने भूमिकाकालागिप्रख्यात रहेको छ ।

इनड्राइभले प्राविधिक विकासमा स्टार्टअपहरूले खेल्ने निर्णायकभूमिकालाई मान्यता दिन्छ र भिजनसहितकाआगामी पुस्तालाई समर्थन गर्न समर्पित रहेको छ ।

आईसीटी अवार्ड २०२३ का अध्यक्ष राजनलम्सालले भन्नु भयोे, “हामी इनड्राइभलाई आईसीटी अवार्ड २०२३ को “इनएसोसिएसन पार्टनर“ को रूपमा अनबोर्ड गर्न पाउँदा उत्साहित छौं ।

प्रविधिको उन्नतिप्रतिको इनड्राइभको प्रतिबद्धता, आईसीटी सेक्टर मानवीन स्टार्टअपहरूलाई पहिचान र उत्थान गर्ने लक्ष्य र हाम्रो लक्ष्यसँग पूर्ण रूपमा मेल खान्छ।

इन्ड्राइभको सहयोगले निस्सन्देह यस वर्षको अवार्डको सफलतामा योगदान पु¥याएको छ, र हामीविश्वव्यापी रूपमाउत्कृष्ट स्टार्टअपहरूको वृद्धि र पहिचानलाई थपप्रोत्साहनदिने सहयोगीप्रयासको लागितत्पर रहेका छौं।“

IME Life
kumari